×

वीरगञ्ज । वीरगञ्जमा लागूऔषधसहित तीन जना बालक पक्राउ परेका छन् । 

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका – १५ ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ का १६ वर्षीय, सिन्धुलीको सुनकोसी गाउँपालिका – २ का १७ वर्षीय र बाराको प्रसौनी गाउँपालिका – ३ का १७ वर्षीय बालकलाई लागूपदार्थसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको थापाले बताए ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा लागूऔषध सम्बन्धी कसुर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले जानकारी दिए ।

Back to top