×

विशेषगरी महिलाहरुलाई कपालको डिजाइन बनाउनका लागि ‘ब्लो ड्राई’ गर्नुपर्ने हुन्छ । यसले कपाल सिधा तथा चम्किन थाल्छन् । तर केही गल्तीले गर्दा कपाल रुखो र मरेतुल्य देखिन थाल्छन् । आउनुहोस् जानौं केही जरुरी टिप्स–

  • कपाललाई कहिल्यै पनि भिजेको अवस्थामा ब्लो ड्राई गर्नबाट बच्नुपर्छ । यसको प्रयोग जहिले पनि सुकेको कपालमा नै गर्नुहोस् । यसले कपाल कम ड्यामेज हुन्छन् ।
  • यदी तपाईं कपाललाई आवश्यकता भन्दा धेरै सुकाउनुहुन्छ भने पनि यसले कपाललाई पूर्ण रुपमा ड्यामेज गराउन सक्छ । कपाललाई धेरै सुकायो भने पनि स्टाइल गर्न गाह्रो हुन्छ ।
  • ब्लो ड्रायर गर्ने बेला तपाईं स्काल्पको विशेष ध्यान दिनुहोस् । यसबाट निस्कने तातो हावाले स्काल्पलाई नोक्सान पुर्‍याउन सक्छ । यस्तोमा ब्लो ड्रायरलाई टाउकोमा केही दुरीबाट नै प्रयोग गर्नुहोस् ।
  • कुनै पनि हिटिंग टुल्स कपालका लागि आवश्यकता भन्दा धेरै प्रयोग गर्नु नोक्सानदायक हुन सक्छ । त्यसैले दैनिक रुपमा तपाईं ब्लो ड्रायरको प्रयोग पनि नगर्नुहोस् । नियमित रुपमा यसको प्रयोगले कपाल रुखो हुँदै जान्छ ।
  • कपाललाई ब्लो ड्राई गर्नुअघि सधैं कुनै अगाडि लगाउने खालको सामग्रीको प्रयोग गर्नुहोस् । यसका लागि कुनै क्रिम, सिरम, आदिको प्रयोग गर्न सक्नुहुन्छ ।
Back to top