×

शाहरुख खानको फिल्म जवानले दिनदिनै कीर्तिमान बनाइरहेको छ । बक्स अफिसमा यसको कलेक्सन सोचेभन्दा पनि राम्रो छ । यस्तोमा फिल्मका कलाकारको चर्चा पनि चलिरहेकै छ ।

यस फिल्ममा अभिनेत्री दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिएकी छन् । तर, के तपाईंलाई थाहा छ उनले फिल्ममा केहीबेर अभिनय गर्नका लागि कति पारिश्रमिक लिएकी छन् ?

त्यसो त उनले यस फिल्ममा शाहरुख खानको आमाको भूमिका निभाइरहेको देखिन्छिन् । अचम्म लाग्ला फिल्ममा क्यामियो रोलका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी छैनन् । यसको खुलासा दीपिका स्वयम्ले एक अन्तरवार्ताका क्रममा गरेकी छन् ।

अन्तरवार्तामा उनले जवानका लागि कुनै प्रकारको पारिश्रमिक नलिएको भनेकी छन् । फिल्ममा दीपिकाले विक्रम राठौरको श्रीमतीको भूमिका निभाएकी छन् । फिल्ममा अभिनेत्रीको नाम ऐश्वर्या रहेको छ ।

Back to top