×

नेपालमा लगभग हरेक व्यक्तिको घरमा खानामा चामल नै पाक्ने गर्छ । बिहान तथा बेलुका चामल वा भात नै खान धेरैलाई मनपर्छ ।

आज हामी बताउन गइरहेका छौं साँझको समयमा वा रातको खानामा पनि दाल भात नै खानु सही हो कि होइन भनेर।

– रातको समयमा हल्का तथा सुपाच्य खाना खानु राम्रो मानिन्छ । यस्तोमा कतिपय दाल रातको समयमा भातसँग खाँदा शरीरमा नोक्सान पुग्न सक्छ ।

– यदि, तपाईंलाई रातको समयमा पनि दालभात नै खान मनपर्छ भने सुत्नुभन्दा २–३ घण्टा पहिला अरहरको दालसँग खानु उपयुक्त हुन्छ ।

– त्यस्तै, दाल नै खानु छ भने त्यसमा हिंगले झानेर खानु एकदमै फाइदाजनक मानिन्छ । त्यस्तै, यसका साथमा तारेको तथा भुटेको अन्य खानेकुराबाट बच्नुपर्छ ।

– दाल-चामल एउटा हल्का भोजन नै हो । त्यसैले, यो रातको समयमा सजिलोसँग पच्ने गर्छ । तर, यसको मात्रा भने थोरै हुनुपर्दछ ।

– रातको समयमा दालभातको सेवन गर्नाले राम्रो निद्रा लाग्छ ।

– यो सजिलै पच्ने भएकाले बिहान मलत्यागमा पनि कुनै समस्या हुँदैन । साथमा पेटसँग जोडिएका समस्या हुँदैनन् ।

– चामलमा कार्बोहाइड्रेटको राम्रो मात्रा पाइन्छ । यस्तोमा रातको समयमा यसको सेवनले तपाईंलाई इनर्जी प्राप्त हुन्छ ।

– आवश्यकभन्दा धेरै दालभात खानबाट भने बच्नुपर्छ । थोरै मात्रामा खाँदा यो सुपाच्य हुन्छ भने यसको मात्रा धेरै भयो भने निकै हानिकारक हुन्छ । त्यसैले मात्रा भने दिउँसोभन्दा कम नै खानुपर्दछ ।

Back to top