×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । आज शुक्रवार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Back to top