×

चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि चीन अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बनेको छ । 

तालिबानले झाओ जिङको नियुक्ति अन्य देशका लागि उसको सरकारसँग सम्बन्ध स्थापित गर्ने एक सङ्केत भएको बताएको छ ।

कुनै पनि अन्य देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबानको अफगानिस्तानमा थुप्रै मानवअधिकार उल्लङ्घनका लागि आलोचना गर्ने गरिन्छ । 

चीन ती देशमध्ये एक हो जसले तालिबान सरकारसँग कुराकानी सुरु गरेको छ ।

चीनको विदेश मन्त्रालयले बुधवार भनेको छ, ‘चीन अफगानिस्तानसँग कुराकानी र सहयोगलाई अघि बढाउन जारी राख्नेछ र देशप्रति उसको नीति स्पष्ट सुसङ्गत छ ।’

 

Back to top