×

आज हामी बलिउडका ती अभिनेत्रीका बारेमा चर्चा गर्नेछौं जसले पर्दामा बुबा र छोरा दुवैसँग रोमान्स गरेका छन् । यस लिस्टमा शिल्पा शेट्टी देखि हेमा मालिनीसम्म धेरै अभिनेत्रीहरू पर्छन् । जसमध्ये ती बाउछोरा पनि हिट छन् जसले एउटा अभिनेत्रीसँग काम गरे। आउनुहोस् ती अभिनेता-अभिनेत्रीबारे चर्चा गरौं ।

किमी काटकर

बलिउडकी अभिनेत्री किमी काटकरले धर्मेन्द्रसँग फिल्म ‘हमला’मा काम गरेकी थिइन् भने उनले नै फिल्म ‘बर्दी’ मा धर्मेन्द्रका छोरा सनी देओलसँग प्रेम गरेको देखिएकी थिइन् ।

पुनम ढिल्लों

अभिनेत्री पुनम ढिल्लोले सन् १९८८ मा आएको फिल्म ‘सोने पर सुहागा’ मा धर्मेन्द्रसँग काम गरेकी थिइन् । त्यसपछि उनले सनी देओलसँग फिल्म ‘सोहनी महिवाल’ मा काम गरिन् ।

हेमा मालिनी

बलिउड अभिनेत्री हेमा मालिनीको नाम पनि यस लिस्टमा समावेश छ । हेमा मालिनी ‘सपनों का सौदागर’ मा राज कपूरसँग मुख्य भूमिकामा देखिएकी थिइन् भने उनै अभिनेत्री राज कपूरका छोरा रणधीर कपूरसँग पनि फिल्ममा सँगै काम गरिसकेकी छन् ।

रानी मुखर्जी

बलिउड अभिनेत्री रानी मुखर्जीको नाम पनि यस लिस्ट पाउँदा तपाईं दंग पर्नुहोला । तर, उनले पनि अमिताभ बच्चनसँग फिल्म ‘ब्ल्याक’मा सँगै काम गरिन् भने अमिताभका छोरा अभिषेकसँग ‘बन्टी और बब्ली’मा देखिएकी थिइन् ।

श्रीदेवी

बलिउड अभिनेत्री श्रीदेवीले धर्मेन्द्रसँग फिल्म ‘नाकबन्दी’ मा काम गरेकी थिइन् । यसबाहेक अभिनेत्रीले सनी देओलसँग ‘राम अवतार’ र ‘चालबाज’ जस्ता फिल्ममा काम गरेकी थिइन् ।

शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पाले फिल्म ‘दोस्ताना’ को ‘शट अप एन्ड बाउन्स’ मा अभिषेक बच्चनसँग स्क्रीन शेयर गरेकी थिइन् भने फिल्म ‘लाल बादशाह’ मा अमिताभ बच्चनसँग रोमान्स गरेर अभिनेत्रीले सबैलाई हैरान पारिदिएकी थिइन् ।

डिम्पल कपाडिया

अभिनेत्री डिम्पल कपाडियाले सनी देओलसँग धेरै फिल्ममा काम गरेकी छन् । डिम्पल र सनीको अफेयरको खबर पनि आएको थियो । यससँगै डिम्पल कपाडियाले धर्मेन्द्रसँग पनि फिल्ममा काम गरिसकेकी छन् । उनीहरू ‘बंटवारा’ र ‘शहजादा’ फिल्ममा सँगै देखिएका थिए ।

Back to top