×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सरकारले संसद्मा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

उनले भने, ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसइई हुँदैन ।’ विक्रम संवत् १९९० सालमा नेपालमा एसएलसी परीक्षा बोर्डको स्थापना भएको थियो ।

८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।

विद्यालयको तहगत संरचनालाई परिवर्तन गरेर प्रारम्भिक बाल कक्षादेखि ८ लाई आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तहको रूपमा निर्धारण गरेको थियो ।

त्यसपश्चात् कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षा बनाएको थियो ।

Back to top