×

वीरगञ्ज । बाराको पथलैया– ढल्केबर चारलेन सडक बन्ने भएको छ । तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको राष्ट्रिय राजमार्ग अन्र्तगत दुई लेनको पथलैया(ढल्केबर सडक खण्ड चार लेनमा स्तरवृद्धि हुने भएको हो ।

सडक विभाग केन्द्रिय कार्यालयले साउनदेखी नै पथलैया–ढल्केबर चार लेन सडक खण्ड आर्थिक वर्ष २०८०र८१ सँगै निर्माण थालीने भएको जानकारी गराएको छ । ८८ अर्ब विश्व बैंकको ऋण सहयोगमा निर्माण हुने सडक १ सय ३० किलोमीटर रहने छ ।

सडकको विविध पक्षमा अध्ययन गरी डिजाईन तयार गरीएको कार्यालयले जनाएको छ । सडकमा सवारी बिग्रीए निश्चीत समयको लागी पार्कीङ्ग, साईकल लेन, बिद्युत, पानी, नेटवर्कको पाइपलाईन, बन्यजन्तु मैत्री फुटपाथ र छोपीने गरी नाला निर्माण हुने सडक बिज्ञ ईन्जिनीयर उमेश झाले जानकारी दिए । 

अन्य सडक योजना भन्दा फरक रुपमा बिभागले सडक सीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, बिद्युत लगायतका पोल सार्ने काम रणनीतीक हिसाबमा थाल्ने जनाएको छ । दैनिक करिब ५ हजार बढी सवारीसाधन आवत जावत हुने २ लेनको सडक साघुरो र व्यस्त हुने गरेकै कारण सडक दुर्घटना र मानवीय क्षत्ती हुँदै आएको छ ।

पुर्व(पश्चिम राष्ट्रिय राजमार्गकै बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको सडक निर्माण भैरहेको छ ।

Back to top