×

वीरगञ्ज । पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो ।

योसँगै पाँच खेलको शृङ्खला २-२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोलीले यो शृङ्खला जित्नेछ ।

मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक  ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एक/एक रनको योगदान गरे ।

नेपालकी कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन ,  ज्योति पाण्डे एक रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।

मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए । 

Back to top