×

वीरगञ्ज । वीरगञ्जको नारायणी रंगशालामा जारी प्राउड कप टि ट्वाइन्टी क्रिकेट टुर्नामेन्टअन्र्तगत आजको खेलमा वीरगञ्ज २ छपकैया बिजयी भएको छ । छपकैयाले मुर्लीलाई १ सय २२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

फ्रेन्डस अर्गनाइजेसन  सर्भिस एण्ड एक्टिभिटिसले आयोजना गरेको क्रिकेट कपअन्र्तगत टस जितेर वीरगञ्ज १२ मुर्लीस्थित सुर्य क्रिकेट क्लबले फिल्डींग रोजेपछि ब्याटिंग गरेको छपकैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो । 

छपकैयाका लागि अर्जनु लामाले २१ बलमा पाँच छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ४५ रन जोडे । 

२ सय १ रनको लक्ष्य पाएको सूर्य क्रिकेट क्लब १९ ओभर १ बलमा ६९ रनमै समेटिएपछि छपकैया बिजयी भएको हो ।

प्रतियोगितामा सर्वाधिक रन बनाउनुका साथै चार ओभरमा २ विकेट लिएका छपकैयाका अर्जुन लामा प्लेयर अफ दी म्याच घोषित भएको आयोजकले जनाएको छ । 
 

Back to top