×

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहित गर्न वीरगञ्ज महानगरले काम गरिरहेको बताएका छन् ।

वीरगञ्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको “प्राउड कप वार्ड लेभल टि–ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट” को उद्घाटन गर्दै उपमेयर आलमले यस्तो बताएका हुन् ।

खेलकुद क्षेत्रले नै नेपालको नाम विश्वमा चिनाइरहेको भन्दै उपमेयर आलमले भने, ‘वीरगञ्जबाटै अन्र्तराष्ट्रियस्तरका खेलाडी उत्पादन भइरहेका छन्, उनिहरुको मनोबल अझ बढाउन के गर्नु पर्छ? हामीलाई भन्नुहोस् । महानगरले पनि आफ्नो हिसाबले काम गरिरहेको छ ।’

वीरगञ्जमा खेलकुद क्षेत्रको विकासकालागि महानगरपालिकाले कार्यविधी निर्माण गर्ने तयारीमा महानगर लागिरहेको जानकारी पनि उनले गराए ।

प्रतियोगिताका संयोजक समिर मन्सुरी र सायद मन्सुरीको अध्यक्षता तथा उपमेयर आलमको आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्य, जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फ, जियालाल साह, समीर मन्सुरी लगायतकोपनि उपस्थिती थियो ।

Back to top