×

साङ्केतिक तस्विर ।

वीरगञ्ज ।  भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार यो नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ ।

यस्तै भारतबाट हवाइ इन्धन र ग्यासको मूल्य भने घटेर आएको छ। यसमा नयाँ मूल्यसूची अनुसार हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ। यसले अब हवाइ इन्धनमा आन्तरिकतर्फ ४६ रुपैयाँ र बाह्यतर्फ ८४ रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

यसैगरी, एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ। निगमका अनुसार अब ग्यास हुँदै आएको घाटा प्रति सिलिण्डर १६० रुपैयाँमा सिमित भएको छ । यही मूल्य यथावत रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड नाफा कमाउने निगमले जनाएको छ ।

निगमले आगामी दिनमा हुने भुक्तानीको समयमा बाँकी ३ अर्ब बक्यौता रकम तिरेर सिध्याउने जनाएको छ। त्यसपछि सरकारको तिर्न बाँकी ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिने निगमले जनाएको छ ।

Back to top