×

वीरगञ्ज । पर्सा प्रहरीले विल विजकभन्दा बढीको सामग्री लोड एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट सर्लाही तर्फ गइरहेको ट्रकमा राजश्व छलीको सामग्री रहेको विशेष सूचनाको आधारमा औषधी, हार्डवेयर तथा खुद्रा सामान लोड ट्रकको बिल चेकजाँच गर्दा शङ्कास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटअनुसार जेठ १० गते राती अन्दाजी ९ बजेको करिबमा वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको सर्लाही ढुवानी ट्रान्सपोर्टको मालवाहक ट्रकलाई रोकी जाँच बिल सङ्कास्पद देखिएको थियो । 

चालकले उपलब्ध गराएको बिलभन्दा बाढी सामग्री भेटीएपछि ट्रक नियन्त्रणमा लीइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए ।
 
डिएसपी गिरीले ट्रक र बरामद सामग्रीको अन्दाजी ३२ लाख ३७ हजार ७३९ रुपैयाँ मूल्याङ्कण गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज जेठ ११ गते बारा जिल्लाको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको बताए ।

Back to top