×

साङ्केतिक तस्विर ।

वीरगञ्ज । बाराको कलैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका - २३ का ६४ वर्षीय देउकी साह रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते साहलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए । 

डिएसपी पाण्डेकाअनुसार साहलाई न्यूरो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ लैजान लागिएको थियो ।

कलैया उपमहानगरपालिका - ६ स्थित सडकमा बाटो काट्ने क्रममा साहलाई बा ८५ प ७६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

दुर्घटनामा परी मोटरसाइकल चालक १८ वर्षीय अफरोज मन्सुरसमेत घाईते भएका छन् । उनको गण्डक अस्पतालमा उपचार भईरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

Back to top