×

फाइल तस्विर ।

वीरगञ्ज । मधेश प्रदेशमा गत वैशाख महिनामा पाँच सय १० वटा सवारी दुर्घटना भएका छन् । मधेह्स प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको जानकारीअनुसार प्रदेशका आठ जिल्लामा उक्त सवारी दुर्घटना भएका हुन् ।

दुर्घटनामा परेर कुल ३७ जनाको मृत्यु भएको छ भने ९ सय ४६ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रबीण पोखरेलले जानकारी दिए ।

उनकाअनुसार सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये २७ जना पुरुष र चार जना महिला, ४ जना बालिका र दुई जना बालक छन् । यस्तै, दुर्घटनामा परी घाइते भएका ९ सय ४६ जनामध्ये ६०४ जना पुरुष, २०९ महिला, ८२ बालक र ५१ जना बालिका छन् ।

एक महिनाको अवधिमा प्रहरीले ३६ वटा दुर्घनामा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले बताए । एक महिनाको अवधिमा ३२ हजार २०६ वटा सवारी साधनलाई कारवाही गरेर प्रदेश प्रहरीले २ करोड ४८ लाख ८५ हजार ५ सय जरिवानासमेत असुल गरेको छ ।

यसैगरी वैशाख महिनामा मधेश प्रदेशमा विपद्सम्बन्धी २९१ वटा घटना भएका छ । विपद्सम्बन्धि घटनामा परी ३६ जना मानिस र ९ चौपायाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले उपल्बध गराएको तथ्यांकमा जनाइएको छ । विपद्सम्बन्धी घटनामा परी ७६ लाख ७० हजार ५०० बराबरको क्षतिसमेत भएको छ ।

Back to top