×

वीरगञ्ज । इण्डीयन प्रिमियर लिग आइपिएल टि–ट्वेन्टी क्रिकेटको प्ले अफ खेलमा मुम्बई इण्डीयन्सले लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराएको छ ।

चेन्नाईमा बुधबारराति भएको खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि क्यामरुन ग्रिनले ४१ रन बनाउँदा सुर्यकुमार यादवले ३३ रनको योगदान दिए ।

लखनउका नभिन उल–हकले ४ विकेट लिए । जवाफमा १८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ ओभर १ बलमा अलआउट हुनुपुर्व १ सय १ रन मात्रै जोड्न सक्यो । लखनउका कार्मस स्टाइनिसले ४० रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

लखनउको इनिङ ध्वस्त पार्न मुम्बईका आकाश माधवालले ५ विकेट लिए । जितसँगै मुम्बई इण्डीयन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । मुम्बईले अब फाइनल प्रवेशको लागि साविक विजेता गुजरात टाइटान्सको सामना गर्नेछ ।

उक्त खेलको विजेताले उपाधिको लागि चेन्नाई सुपर किङ्ससँग खेल्नेछ ।

Back to top