×

साङ्केतिक तस्विर ।

वीरगञ्ज ।  सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । 

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

Back to top