×

प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ ।

५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौँ मार्बल फिल्ममा अभिनय गरेका थिए । यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए ।

स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए । उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए। स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो।

उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो। उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो । परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन्। उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए ।

उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे । उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए । स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए ।

उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए । उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए। यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौँ स्टार वार्स एनिमेटेड शोको हिस्सा बने ।

उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ । यसको प्रिमियर चाँडै हुँदैछ । उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो । उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए ।

Back to top