×

वीरगञ्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखा भवनको उदघाटन गरिएको छ ।

पकाहाँमैनपुर – १ धोरेस्थित नवनिर्मित नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखाको भवन गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले सोमबार एक कार्यक्रम बीच उदघाटन गरेका हुन् ।

सामाजिक कार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटीलाई भवन निर्माण भएपछि थप काम गर्न सघाउन हुने गाउँपालिका अध्यक्ष महेताले विश्वास व्यक्त गरे । उनले अब रेडक्रस उपशाखा धोरेले कार्यालय व्यवस्थापना गर्दै समाजिक कार्यमा अझै सक्रिय हुन सुझाए पनि दिए । 

रेडक्रस उपशाखा धोरेका उपसभापति त्रिलोकी पाण्डेको अध्यक्षतामा भएको उदघाटन समारोहमा गाउँपालिका अध्यक्ष मेहतालाई धोरे उपशाखाले दोसाला ओढाई सम्मानसमेत गरेको थियो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाकी मधु राणाले धोरे उपशाखा सञ्चालनका निमित्त १० हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरिन् ।

उदघाटन समारोहमा जिल्ला शाखाका महामन्त्री शैलेन्द्र चौरसिया, पकहाँमैनपुर गाउँपालिका – ३ का वडाअध्यक्ष सञ्जय चौहान, वडा नम्बर ४ का वडाअध्यक्ष ढेडी यादव, प्रमुख प्रशासकीय अधिकृत राज कुश्वाहा, लेखापाल निरञ्‍जन पटेललगायतकाले शुभकामना मन्तब्य राखेका थिए । 

गाउँपालिका अध्यक्ष मेहताद्वारा जग्गा दान

गाउँपालिका अध्यक्ष सुरेश मेहताले नवनिर्मित भवनको लागि जग्गा दान गरेका थिए । साथै उनले भवन निर्माणको लागि गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को बजेटबाट १५ लाख रुपैयाँ रकम बिनियोजन गराएका थिए ।

सोही रकमले २ वटा कोठा, १ वटा हाल र शौचालयसहित सुबिधा सम्पन भवन निर्माणको भएको रेडक्रस उपशाखा धोरेका उपसभापति त्रिलोकी पाण्डेले जानकारी दिए ।

Back to top