×

वीरगञ्ज ।  वीरगञ्जका युवाहरुले एक जना अशक्त व्यक्तिलाई ह्विल चेयर उपलब्ध गराएका छन् ।

रुखबाट लडेर खुट्टामा चोट लाग्दा उपचार गर्ने रकमको अभावमा ३ वर्षदेखि थला परेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ निवासी निवासी एकजना अशक्त व्यक्तिलाई युवाहरुले ह्विल चेयर सहयोग गरेका हुन् । 

एड्स बि मिडियाका प्रबन्ध निर्देशक हिमान्शु वर्णवाल, रोहित वर्णवाल, अंकित चौरसिया, ऋषी साह र विद्यार्थी नेता शशीकान्त सर्राफसहित आदर्श वाच सेन्टर तथा प्रफेक्ट सप्लायर्सको सहयोगमा ह्विल चेयर सहयोग गरिएको हो । 

शशीकान्त सर्राफको संयोजकत्वमा बहुदरमाईमै पुगेको टोलीले जमिदार पासवानलाई ह्विल चेयर हस्तान्तरण गरेको हो । साथिहरुबाट सहयोग जुटाएर ११ हजार रुपैयाँ बराबरको ह्विल चेयर खरिद गरी सहयोग गरिएको सर्राफले बताए । 

ह्विल चेयर पाएसँगै खुशी व्यक्त गर्दै उनले आफुलाई घरभित्र तथा बाहिर आउन जानमा सहज हुने प्रतिक्रिया दिए । 

Back to top