×

गजल

दिनमै मिठो निद लागे रातको के अर्थ
समानताको समाजमा जातको के अर्थ ?

आफ्नै गाउँमा फलेको ताजा अन्न खाएपछि ।
शहरीया चामल अनि भातको के अर्थ ?

कति जनता जिउँदै मरे पृथ्वीको भार भएर ।
झमक जस्तै आँटीलो भए हातको के अर्थ ?

वसन्तको हरियाली नै विरूवाको सुन्दरता ।
नाङ्गो रूखको शोभा भए पातको के अर्थ?

अर्थ न व्यर्थको गोविन्द गाई भने जस्तै ।
जिब्रोले नै चपाउने भए दाँतको के अर्थ ।।

(लेखक साहित्यिक चौतारी नेपाल मधेश प्रदेशका सचिव एवम् नारायणी वाङ्मय प्रतिष्ठानका सदस्य हुन् ।) 

Back to top