×

वीरगञ्ज, ८ चैत । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित श्री रामचरण साह पन्नालाल माद्यामिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । 

शिशुदेखि कक्षा १० सम्म अध्ययनरत ५ सय ९१ जना विद्यार्थीहरुलाई वडा नम्बर १० का वडाअध्यक्ष सुशिल कानुले पोसाक वितरण गरेका हुन् । वडा कार्यालयले सामुदायिक विद्यालयमा विद्यालयकै पोसाक वितरण गर्ने पूर्व कार्यक्रमअनुसार पहिलो चरणमा पन्नालाल माविका विद्यार्थीलाई वितरण गरिएको वडा कार्यालयका सचिव पवन कुमार प्रधानले जानकारी दिए । 

चालु आर्थिक वर्षका लागि एउटा विद्यालयका विद्यार्थीलाई वितरण गरिएको बताउँदै वडाअध्यक्ष कानुले आगामी आर्थिक वर्षदेखि वडाका अन्य सामुदायिक विद्यालयमा पनि वितरण गर्ने योजना रहेको बताए । साथै उनले पोसाक वितरण गर्न वडाअध्यक्षसहितका जनप्रतिनिधि विद्यालयमा पुग्दा विद्यार्थीहरुको मनोबल बढ्ने विश्वास पनि व्यक्त गरे । 

वडाअध्यक्ष कानुसँगै वडा सदस्यहरु सन्तोष जैसी चौलागाई, मिश्रादेवी नगरकोटी, प्रेमशिला देवी र प्रभु प्रसाद महतोको उपस्थिती रहेको विद्यालयका प्रधानाध्यापक अर्विन्दलालले जानकारी दिए । 

Back to top