×

वीरगञ्ज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो । नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ ।

लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् ।

भारत वरीयताको पहिलो स्थानमा छ भने अष्ट्रेलिया दोश्रो तथा न्युजिल्याण्ड तेश्रो स्थानमा छन् ।

Back to top