×

साङ्केतिक तस्विर ।

वीरगञ्ज, ७ चैत ।  नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ३० रुपैयाँ कायम रहेको थियो । 

Back to top