×

वीरगञ्ज, ६ चैत । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनीङ्ग ब्याट्सम्यान आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन–जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई यो अवार्ड दिइएको हो ।

नेपाल र आयरल्यान्डबीचको खेलमा वीरगञ्ज निवासी  शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रममा ब्याट्सम्यान बीचमै लडेपछि शेखले उनको स्टम्प ढाल्न चाहेनन् । यसबाट ब्याट्सम्यानल जिवनदान पाएका थिए ।

यो अवार्डका लागि ईंग्ल्यान्डका जोस बटल र बेन स्टोक्स पनि निर्णायकहरुको नजरमा परेकोमा आसिफलाई छनोट गरिएको हो ।

ईंग्ल्यान्डको ह्वाट बल क्याप्टेन बटलरले अष्ट्रेलियाका म्याथु वेडको ब्याटमा टप एज लागेपछि बलरले क्याच लिन खोज्दा अवरोध गरेवापत ‘अब्स्ट्रक्ट द फिल्ड’ का लागि अपिल गर्न अस्वीकार गरेका थिए । यो २०२२ को अक्टोबरमा पर्थमा भएको टि–२० म्याचको घटना थियो ।

यसैगरि, टेस्ट कप्तान स्टोक्सले पाकिस्तानमा भएको टेस्ट श्रृंखलाका क्रममा आफ्नो म्याच फी त्यहाँका बाढीपिपिडतको सहयोगार्थ दिने घोषणा गरेका थिए ।

स्पिरिट अफ क्रिकेट अवार्ड सन् २०१३ मा मेरिलबोन क्रिकेट क्लव (एमसीसी) र बीबीसीले एमसीसीका पूर्वअध्यक्ष तथा विविसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेनकिन्सको नामबाटट स्थापना गरेका हुन् । यसको इतिहासमा पहिलोपटक एमसीसी र बीबीसीले अवार्डका लागि सन् २०२२ को डिसेम्बरमा सार्वजनिक मनोनयन आह्वान गरेका थिए ।

यसअघि आशिफले आईसीसी अवार्ड २०२२ को एक विधा ‘स्पिरिट अफ क्रिकेट’ अर्वाड पनि जितेका थिए । सीएमजे र आईसीसीबाट स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने आशिफ पहिलो नेपाली खेलाडी बनेका छन् ।

Back to top