×

वीरगञ्ज, ६ चैत । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमबार घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो । 

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । 

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

Back to top