×

वीरगञ्ज, ४ चैत । शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि. ले पर्सा प्रहरीलाई रोड डीभाइडर (कोन्) हस्तान्तरण गरेको छ । 

वीरगञ्जमा हुँदै आएको ट्राफिक र सवारीसाधन व्यवस्थापनमा सहयोग गर्नका निमित्त वीरगञ्ज महानगरपालिकाको साहयतामा शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि. ले पर्सा प्रहरीलाई २ सय थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

सिमेन्ट्सका ब्राण्ड प्रबन्धक विवेक सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शुक्रबार एक कार्यक्रमका बीच प्रहरी निरीक्षक मणिराम थापालाई डीभाइडर हस्तान्तरण गरेका थिए ।

वीरगञ्जमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै रोड डिभाइडर हस्तान्तर गरि सहयोग गरिएको ब्राण्ड प्रबन्धक सिंहले बताए ।

हस्तान्तरण गरिएका रोड डीभाइडरहरु वीरगञ्जको ड्राईपोर्ट, घण्टाघर, परवानीपुर, गण्डक, लगायतका स्थानमा राखिने प्रहरी निरीक्षक थापाले बताए । सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी साधनहरुलाई व्यवस्थित रुपले ओहोर दोहोर गर्न सहज हुने र जाम/दुर्घटना आदिको जोखिम कम हुने गरेको थापाको भनाई छ । 

सामाजिक कार्यमा अग्रसर रहँदै आएको शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि यसअघि पनि यस्ता सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

Back to top