×

वीरगञ्ज । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्ध रुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

जनता समाजवादी पार्टीबाट यादव उपराष्ट्रपतिमा  निर्वाचित भएका हुन् । उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरे । 

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिएका छन् । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई तथा शुभकामना दिएका छन् । 
 

Back to top