×

वीरगञ्ज, ४ चैत । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले बढ्दो आधुनिक युगसँगै क्षमतावान पत्रकार बन्नुपर्ने सुझाव दिएका छन् । 

वीरगञ्ज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले चितवनस्थित सौराहामा आयोजना गरेको ‘पत्रकारहरुको क्षमता अभिवृद्धि’ तालिमका क्रममा प्रशिक्षण दिँदै क्रममा डा. विष्टले बढ्दो आधुनिक युगसँगै पत्रकारहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका हुन् ।

तालिमको क्रममा सहभागी सञ्चारकर्मीहरुले उठाएको जिज्ञासा ‘स्थानीय पालिकाबाट सूचना पाउन सकस’ भन्ने विषयमा जानकारी गराउँदै उनले वर्तमान अवस्थामा पालिका प्रमुखदेखि कर्मचारीहरुले पत्रकारहरुको योग्यता, क्षमता एवम् व्यवहार हेरेर मात्रै सूचना दिने गरेको अवस्थाले यसलाई सुधारको आवश्यकता रहेको औल्याँए । यद्दपी वर्तमान अवस्थामा केही पत्रकारहरुमा पनि कमि कमजोरी भएको कारण यो अवस्था सृजना भएको उनको तर्क थियो ।

डा. विष्टले ‘पत्रकारिता’ पेशा नै आफ्नो पेशा नभई पाठकवर्ग एवं सर्वसाधारणहरुले निर्णय गर्ने पेशा भएको कारण पत्रकारहरुले लेख्ने समाचारलाई सर्वसाधारणदेखि कर्मचारी, जनप्रतिनिधिहरु पनि नजिकबाट नियाली कुन पत्रकार कतिको क्षमतावान छन्, कतिको विश्वसनीय समाचार सम्प्रेशन गर्ने गरेको छन्, सबै जानकारी लिई सोही अनुसार व्यवहार गर्ने गरेको अवस्था सृजना भएको भन्दै यसतर्फ सञ्चारकर्मीहरु पनि आफैमा क्षमतावान हुनुपर्ने, विश्वसनीय समाचार सम्प्रेशन गर्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘पत्रकारिता पेशा आम जनतासँग सम्बन्धित हुन्छ, जस्तै औषधी उत्पादन गर्ने सँस्थाले आफ्नो उद्योग हो, जतिको मात्रामा केमिकल मिसाई औषधी उत्पादन गर्न सक्ने आफ्नो अधिकार रहेको भन्ने बुझ्नु गलत रहेकोले चिकित्सा एवम् पत्रकारिता पेशा पनि सर्वसाधारणसँग सम्बन्धित रहेकोले पत्रकारले जे मनमा लाग्यो त्यो लेख्न पाउने आफ्नो अधिकार रहेको बुझ्नु गलत हो ।’

‘दिनप्रतिदिन सबै कुराको विकास हुँदै गएको छ । यसक्रममा पत्रकारिता क्षेत्रमा पनि विकास भएको छ । पहिला पत्रपत्रिका, रेडियो एफएम, टेलिभिजन, बेग्लाबेग्लै थियो, तर अहिले आएर सबै अनलाइनमा सीमित भएको छ । र अनलाइनहरु पनि यति धेरै मात्रामा सञ्चालनमा छन् । धेरैले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्रै अनलाइन सञ्चालन गरेका छन्, त्यो प्रवृत्ति भोलिका दिनमा पत्रकारिता पेशालाई नै संकटमा पार्ने भएकोले पत्रकारहरुलाई पनि दक्षता अभिवृद्धिको आवश्यकता रहेको छ’, उनले थपे ।

तालिमको दोश्रो दिन प्रशिक्षक डा. विष्टले ‘विकास पत्रकारिता तालिम एवं स्थानीय तहसँग सम्बन्धित’ विषयका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।

Back to top