×

फाइल तस्विर ।

वीरगञ्ज, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।

Back to top