×

साङ्केतिक तस्विर ।

वीरगञ्ज, ३ चैत । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तोलामा ४०० रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । 

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो ।

Back to top