×

वीरगञ्ज, ३ चैत । आईसीसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट दुई खेलाडीलाई मधेश प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बिहिबार युएइविरुद्धको खेलमा शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई उपहार स्वरूप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

मधेश प्रदेशमा गृहघर भएका उनीहरुलाई प्रोत्साहनस्वरुप २/२ लाख रुपैयाँ नगद प्रदान गर्ने घोषणा मुख्यमन्त्री यादवले गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

बिहीबारको खेलमा आरिफले ६२ बलमा ५२ रन र गुल्सनले ४८ बलमा अविजित ५० रन बनाएका थिए ।

Back to top