×

वीरगञ्ज, २ चैत ।  लामो समयको अष्ट्रेलिया बसाईपछि नेपाल आएका अभिनेता सुशान्त कार्कीलाई म्युजिक भिडियोमा भ्याईनभ्याई छ । नेपाल फर्किएसँगै एकपछि अर्काे म्युजिक भिडियोमा काम गरीरहेका सुशान्त अभिनित अर्काे एउटा म्युजिक भिडियो रिलिज भएको छ । 

करिब एक दर्जन बढी सिनेमामा काम गरेका सुशान्त अभिनित ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज भएको हो । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओडको स्वर रहेको गीतको भिडियोमा सुशान्तसँगै टिकटकबाट उदाएकी मोडल मोडल लोसिना लामिछानेले अभिनय गरेकी छन् ।

पश्चिमेली लवजमा रहेको गीतमा सुशान्त र लोसिनाको प्रेमलाई भिडियोमा दर्शाइएको छ । हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top