×

वीरगञ्ज, २ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ । 

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । अन्सारी सप्तरी निवासी हुन् ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त रहेको छ ।
 

Back to top