×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी रामतुल्लहा मिया, चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई प्रहरीले पक्राउ गरेको हो । मिया अटोा चालक हुन् ।

बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोबाट प्रहरीले बिहीबार बिहान ५ बजे २६ किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top