×

म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ ।

सेना विरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको हत्या गरेको दावी गरेको हो ।

दक्षिणी म्यानमारस्थित शान प्रान्तको बौद्ध बिहारमा शरण लिई बसेकाहरुलाई लाइनबद्ध गरी गोली हानी हत्या गरेको दावी विद्रोही पक्षको छ ।

सोही समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दृश्यमा अधिकांश बौद्ध भिक्षुका शव रहेका छन् । बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।

दुई वर्ष अघि म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हत्याएको थियो ।

Back to top