×

वीरगञ्ज, २६ फागुन ।  सुदुर पश्चिमको भाषा बोलेर टिकटक बनाएर चर्चा बटुलेकी मिस पबीको व्यस्तता बढेको छ । सुनिल गिरीको जुम्ला बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेयता उनको व्यस्तता बढेको हो । 

त्यस यता उनले कर्ली केश, तिमी सँगै, तिमी बिना बाँच्नै  गाह्रो, सँग सँगै, ओर आउन, माया र मोह, कपालै कोरी, आहा कति राम्री, म राजा तिमी रानी, बाँध मायाले लगायतका दर्जनौ म्युजिक भिडियोमा काम गरीसकेकी छन् । दर्जन बढी म्युजिक भिडियो सार्बजनिक भइसकेका छन् भने अझै सार्बजनिक हुने क्रममा पनि छन् । म्युजिक भिडियोसँगै पछिल्लो समय टेलि सिरियलमा पनि उनी देखिन थालेकी छन् । यति मात्रै नभएर स्टेज कार्यक्रमहरु पनि उनको उपस्थिती देख्न सकिन्छ । कर्णाली उत्सवमा प्रतिनिधि सभा सदस्य मनिष झा लगायतसँग वक्ताको रुपमा पनि उनी उपस्थित भइन् । 

धनगढीको बसमा गीतका २ वटा भागको अपार सफलतापछि सार्बजनिक भएको तेस्रो भाग पनि मिस पबीको अभिनय देख्न सकिन्छ । शुक्रवार बिशाल इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत धनगढीको बसमा ३ रेलैमा रेलैमा सार्वजनिक भएको हो । 

नेत्र अर्यालका शब्दलाई गोबिन्द पङ्गेनीले संगीत भरेका छन् भने अमृत सापकोटा, समिक्षा अकिारी र पूजा देवकोटाले स्वर दिएका छन् । बिनोद बाजुरेलीले एरेञ्ज र मिक्सिंग गरेको गीतलाई गोबिन्द पराजुली र सागर बाजुरेलीले मालाश्री स्टुडियोमा रेकर्ड गरेका हुन् । 

गीतको भिडियोमा गोविन्द भट्टराई, चर्चित टिकटकर मिस पबी (पवित्रा साँखी), गायिका समिक्षा अधिकारी, बाल कलाकार कमला घिमिरेसँगै बसन्त न्यौपानले अभिनय गरेका छन् । 

अजय रेग्मिले छायांकन गरेको भिडियोको इडिट बिकास ज्ञवालीले गरेका हुन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी काजीश श्रेष्ठले गरेका हुन्  भने सहायक निर्देशकको जिम्मेवारी प्रशान्त मगरले सम्हालेका छन् । 
 

Back to top