वीरगञ्ज, २४ माघ । पर्सा प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामग्री बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत पर्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल नेतृत्वको टोलीद्वारा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा गाउँबाट अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको लत्ताकपडा र खाद्यान्न बरामद गरिएको हो ।
बरामद गरिएका सामग्रीहरुको अनुमानित मूल्य ५ लाख ६९ हजार रुपैयाँ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।
सामग्रीहरुलाई सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरी बताए ।