×

वीरगञ्ज, २३ माघ ।  वीरगञ्जमा गरिबी निवारण गर्ने अभिप्रायका साथ लघु उद्यम तालिम सम्पन्न भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ, लघु व्यवसाय विकास कोष पर्साको सयुँक्त आयोजनामा आयोजित ३ महिने तालिम सोमवार सम्पन्न भएको हो ।

वीरगञ्ज महानगरपालिका र वीरगञ्ज उद्योग वाणिज्य संघको समन्वयमा तालिम सम्पन्न भएको हो । जसअन्र्तगत सिलाई कटाई, ढाका बुनाई, फेशन डिजाइनिंग, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर, मोबाइल बनाउने तालिम र काठका फर्निचर निर्माण गर्ने तालिम सञ्चालन गरिएको हो । 

१ सय २० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको वुमैन स्किल सेन्टरकी अध्यक्ष चञ्चला दासले जानकारी दिइन् । उनका अनुसार यो तालिममा वास्तविक विपन्न एवम् लक्षित वर्गलाई समावेश गराइएको थियो । 

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले यस्ता किसिमका सिपमुलक तालिमबाट विपन्न वर्ग आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे । गरिबी एवम् बेरोजगारीको समस्यालाई निरुत्साहित गर्दै आयआर्जनका बाटोहरु खोज्नका लागि तालिम उपयोगी हुने उपप्रमुख आलमको भनाई छ । 

आगामी दिनमा अरु तालिम पनि सञ्चालन गर्ने गरी महानगरले गृहकार्य गरीरहेको पनि उनले जानकारी दिए । साथै तालिमबाट सिकेका कुरालाई व्यावहारमा लागु गर्न पनि उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् । तालिममा सहभागीहरुलाई विभिन्न प्रविधिहरु पनि  प्रदान गरिएको थियो । 

‘सीप सिकौ आत्मनिर्भरता बनौ’ भन्ने अभिप्रायका साथ महिला उद्यमशिलतामा जोड दिइ महिलाहरुको सीप बिकास गर्ने र गरिबी निबारणमा सघाउ पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिम प्राप्त गरेका व्यक्तिहरूलाइ प्रमाण पत्र पनि वितरण गरिएको थियो । 

समापन समारोहमा अर्विन्द अमात्य, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, चेली सहकारी संस्थाकी कमला रिजाल, महिला उद्यमी निभा दास लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top