×

वीरगञ्ज, २३ माघ ।  पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट ७ हजार ८ सय १७ मतका साथ निर्वाचित भएका रहबर अन्सारी मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिता यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्य मन्त्री बनाउने निर्णय भएको नेकपा माओवादीका प्रदेश सदस्य उदय बरबरिया यादवले जानकारी दिए ।  

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको हो । 

सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो । सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए । 
 

Back to top