×

वीरगञ्ज, २३ माघ । शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो । 

फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको छ । पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन् । 

यशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।

Back to top