×

वीरगञ्ज, २३ माघ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरेका थिए । योजितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि ८ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाको २० खेलमा ५३ अंक रहेको छ भने रियल म्याड्रिडको २० खेलमा ४५ अंक रहेको छ । त्यस्तै सेभियाको २० खेलमा २१ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ । यस सिजनमा सेभियाको यो नवौँ हार हो ।

Back to top