×

वीरगञ्ज, १६ माघ ।  पोखरामा भएको विमान दुर्घटना पछी हवाई यात्रा गर्नेहरुको संख्यामा कमी आएको छ । विशेष गरी यति एअरलाइन्सको विमानमा भने यात्रुहरु चढ्नै छोडेका छन् । 
सबैभन्दा छोटो दुरीको हवाई यात्रा बाराको सिमरादेखि काठमाण्डौसम्मको हो ।

जहाँ यति एअरलाइन्सले अहिले ३ हजार २ सय रुपैयाँ भाडा बनाउँदा पनि यात्रुहरुले बुद्ध एअरको ३५ सय भाडा तिरेर यात्रा गरीरहेका छन् ।

विगतको दिनमा दैनिक कम्तिमा १५ सयदेखि २ हजार जनासम्म यात्रुहरुले यात्रा गर्ने यस रुटमा अहिले मुस्किलले २ देखि ३ सय जनाले यात्रा गरीरहेका छन् । यात्रुको संख्यामा कमी आएसँगै उडान संख्या पनि कटौती गरिएको छ । 

सिमरा विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार विमानले कम यात्रु पाउनुका साथै उडान कटौती गर्दा पनि विमान आधा मात्रै यात्रुहरु हुने गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ पनि विगतमा यात्रुहरुको भिडभाडले हिँड्ने ठाउँ नहुने अवस्था थियो । तर अहिले यात्रुको चाप पनि घट्दै गएको पाइएको छ । 
 

Back to top