×

वीरगञ्ज, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा वीरगंजमा साताव्यापी कार्यक्रम सम्पन्न भएको छ । बैंकको मधेश प्रादेशिक कार्यालय वीरगञ्जले रक्तदान सहित विभिन्न कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन बैंकले वीरगजको श्रीसियास्थित मानव सेवा आश्रममा खाना खुवाउनुको साथै बैंकको प्रादेशिक कार्यालय आदर्शनगरमा समापन समारोहको आयोजना गरेको बैंकका आलोक कर्णले जानकारी दिए ।

बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रयि वाणिज्य बैंकको शाखा कार्यालय आदर्शनगर, श्रीपुर र प्रादेशिक कार्यालय वीरगञ्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

बैंकको सभा हलमा आयोजित कार्यक्रममा पूर्व कर्मचारी र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको कर्णले वताए ।

यस्तै बैंकले बार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद लगायतको कार्यक्रम गरेको बैंकका कर्मचारी राहुल ओझाले वताए ।
 

Back to top