×

अमृता गैह्रे

कसैको खास बन्न सजिलो छैन,
नाताले मात्रै खास हुदैनन्,
न त सम्बन्धले हुन्छन् ।
 
कोहि नजिकको खास बन्नको लागि त
सम्बन्धलाई मन भित्रबाट मान्नु पर्छ,
स्विकार्नु पर्छ,
निभाउनु पर्छ,

सुख दुख बाड्न सक्ने हुनुपर्छ,
उसले भन्दै नभनेको कुरा बुझ्ने हुनुपर्छ
कैयौं सम्बन्धलाई भन्दा उसलाइ 
आफू हुनुको आभास दिलाउनु पर्छ,
वास्तविक सम्बन्ध निभाउनु पर्छ ।

देख्नेलाई पनि लागोस न, 
उस्को ठाँउ मैले लिन कदापी सक्दिन होला ।
भोग्नेलाई पनि लागोस न,
उ त उ नभए एक्लो हुन्छ म दोस्रोमा पर्छु ।

हजुर सम्बन्ध कसिन बेर लाग्दैन,
जति त्यसलाई दिगो बनाउन लाग्छ ।

सम्बन्धहरु त जत्तीपनि बनाउन सकिन्छ होला,
खास बनाउन मनलाई धेरै मनाउन पर्छ ।
दुख परे सङै भोग्ने सुख संगै संगै,
एउटा आगो भए अर्कोले पानी खनाउन पर्छ ।
 

Back to top