×

वीरगञ्ज, १४ पुष ।  पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बढ्नियारस्थित श्री आमोदेवी जनता क्याम्पसमा सभा सञ्चालन उद्घोषण वक्तृत्वकला सम्बन्धी तालिमको आयोजना गरिएको छ । 

पर्सागढी नगरपालिका कार्यालयको सहयोगमा सहज सेवा सीप विकास केन्द्र प्रा.ली.ले ७ दिने सभा सञ्चालत उद्घोषण तालिमको आयोजना गरेको हो । 

पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले तालिमको उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै नगरप्रमुख पाठकले यस तालिमबाट विभिन्न किसिमका सभा समारोहसँगै औपचारीक एवम् अनौपचारिक कार्यक्रम उद्घोषण गर्न र कुशल वक्ता तयार गर्न फलदायी हुने विश्वास व्यक्त गरे । 

नगरपालिका उपप्रमुख पुजा चौधरीले बोल्ने कुराको महत्व बढ्दै गएको हुँदा व्यक्तित्व विकास एवम् क्षमता अभिवृद्धिका लागि उद्घोषण तथा वक्तृत्व अपरिहार्य रहेको बताइन् । साथै यस तालिमबाट भरपुर रुपमा लाभ लिन पनि सहभागी किशोर एवम् किशोरीहरुलाई आग्रह गरेकी छिन् ।

तालिममा अनलाईन खबरका पर्सा जिल्ला संवाददाता एवम् सामुदायिक रेडियो नारायणी एफ.एमका समाचार प्रमुख सुरेश बिडारी र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष तथा रेडियो वीरगञ्जकी समाचार वाचिका एवम् कार्यक्रम प्रस्तोता निलिमा पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । 

पर्सागढी नगरपालिका कार्यपालिका सदस्य सीता लामाको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा स्थानीय समाजसेवी अशोक बुर्लाकोटी, सहज सेवा सीप विकास केन्द्रकी ललिता देवी यादव, सुस्मिता कुमारी चौधरी लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top