×

वीरगञ्ज, ८ मंसिर । प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा अचानक समस्या देखिएपछि सोनल बिहिबार अस्पताल भएका भएका हुन् । 

विगत तिन/चार दिनदेखि रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्याले पिडित सोनललाई आज अफ्ठ्यारो भएपछि वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको छ । 

सोनलका स्वकीय सचिव रमेश सर्राफका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । 

मधेश प्रदेशका पूर्वभौतिक पूर्वधार विकासमन्त्रीसमेत रहेका सोनल भर्खरै सम्पन्न आम निर्वाचनबाट दोस्रो कार्यकालका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 

Back to top