×

नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गरेकी छन् ।

उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार अमेरिकी समयअनुसार सांझ गरिएको थियो । उनले टप टेनभित्र पुग्नका लागि मंगलबार साँझ आफ्नो प्रस्तुति दिएकी थिइन् ।

नेपाली खाना दाल भात तरकारी मन पर्छ भन्ने परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिएकी छन् । जम्मा १७ बर्षकी उनले गाउने अंग्रेजी गीतहरुमा आफ्नो पन दिने गरेको भन्दै जजहरुले उनको प्रसंसा गर्ने गरेका छन् ।

परिजितालाई भोट गर्नका लागि अमेरिका र संसारभरका नेपालीहरु र तिनका संघसंस्थाहरुले अभियान नै चलाउँदै आएका छन् ।

Back to top