×

वीरगञ्ज १५ असोज । नेपालमा ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयातमा प्रतिबन्ध छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाखमा ६०० अमेरिकी डलरमाथिका मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाएकोमा गत भदौमा त्यसमा थप कडाई गर्दै ३०० डलरसम्मका मोबाइल आयातमा रोक गरेको थियो।

प्रतिबन्धले नेपालमा आइफोन ब्रान्डमा मुख्य घाटा रहेको थियो भने मन्त्रालयको पछिल्लो निर्णयले अब सामसुङ, रेडमी, भिभो, ओप्पो, साओमीलगायत अधिकांश कम्पनीलाई असर परिरहेकै छ । 

दशैंमा नयाँ मोबाइल चलाउने धेरैको इच्छा हुन्छ । यदि जागिरे हो भने दशैंमा आउने बोनस र तलबले मोबाइल किन्ने धेरैको सोच हुने गर्छ । तर, सरकारले लगाएको प्रतिबन्धले मोबाइल आयातकर्तालाई मात्रै होइन, उपभोक्तालाई समेत प्रभाव पारिरहेको छ। 

महँगा मोबाइलको सोख राख्ने नेपालीहरूले आफ्ना आफन्त लगायतबाट मगाउने गर्छन् भने कतिले उपहारमा पाउने गरेको पाइन्छ । तर, सरकारले असोज १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरेपछि विदेशबाट मोबाइल आउने क्रम पनि कम भएको छ भने उपहारस्वरूप दिन चाहनेहरूका लागि समेत असहज भएको छ । 

आयात प्रतिबन्ध भएता पनि नेपाली बजारमा केही स्टक मोबाइल फोन भने विक्रीमा छन् । 

सामसङ सिरिजहरू 

नेपाली बजारमा सबैभन्दा बढी विक्री हुने मोबाइलमा पर्छ सामसङ ब्राण्ड । नेपालको सबैभन्दा ठूलो ३०.३७ प्रतिशत बजार हिस्सा पाएको यो ब्राण्डका फोन नेपाली बजारमा रू. १५ हजारदेखि १ लाख ८० हजारसम्मका छन् । 

सामसङका ४ जीबी र्‍याम भएकादेखि १२ जीबीसम्म र्‍याम राखिएका ग्यामिङ फोनदेखि क्यामेरा फोन बजारमा छन् भने ६४ जीबी, १२८ जीबी र ५१२ जीबी इन्टरनल स्टोरेज भएका स्मार्टफोन नेपाली बजारमा छन् । 

ग्यालेक्सी ए-५२ एस, ग्यालेक्सी ए ५३ फाइभ जी, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी २२+, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी जेड फ्लिप ३, ग्यालेक्सी जेड फोल्ड ३ छन् । 

साओमी सिरिज 

नेपालमा दोस्रो ठूलो २६.४४ प्रतिशत बजार हिस्सा बोकेको चिनियाँ कम्पनी साओमी पनि नेपालमा महँगा मोबाइल विक्री गर्ने कम्पनीमा पर्छ। 

साओमीका २ जीबी, ३ जीबी, ४ जीबी, ६ जीबी र ८ जीबी र १२ जीबीसम्म र्‍याम तथा ३२, ६४, १२८ र २५६ जीबी इन्टरनल स्टोरेज भएका क्यामेरा फोनदेखि ग्यामिङ फोन नेपाली बजारमा छन् ।  

यस ब्राण्डका साओमी १२, साओमी १२ लाइट, साओमी १२ एक्स, साओमी १२ प्रो नेपालमा पाइने रू. ५० हजारभन्दा बढी मूल्य पर्ने मोबाइलको सूचीमा पर्छन् । त्यस्तै, रियलमीका जीटी नेओ ३ र जीटी नेओ २ प्रो यस मूल्य रेञ्जका मोबाइल हुन् । 

एप्पल सिरिज 

सबैभन्दा महँगा फोन उत्पादक कम्पनीको रूपमा रहेको एप्पलको आईफोन विश्वमा महँगा फोन निर्माण गर्ने कम्पनी हो, जसका कुनै पनि फोन रू. ५० हजार भन्दा तल छैनन्। नेपाली बजारको ७ प्रतिशत मात्रै बजार हिस्सा रहेको यो फोन सरकारले लगाएको प्रतिबन्धले सबैभन्दा बढी प्रभावित भएको ब्राण्ड हो। एप्पलका आईफोन ११, आईफोन एसई, आईफोन १२ का सिरिज, आईफोन १३ का सिरिज छन् ।  

वनप्लस सिरिज 

त्यस्तै वनप्लसका केही सिरिज नेपाली बजारमा छन्, जसको मूल्य ५० हजार बढी छ । वनप्लसका नोर्ड सिरिजमा नोर्ड सीइ, नोर्ड २ नोर्ड २टी ८ टी  छन् भने वनप्लस ९, ९ प्रो र १० प्रो छन् । पोकोपोनको पोको एफ ३, पोको एफ ३ जीटी पनि यस रेञ्जका मोबाइल हुन् भने चिनियाँ ब्राण्ड टेक्नोको फानटम एक्स छन् ।

भीवो सिरिज 

नेपालमा पाइने ५० प्लस मूल्य रेञ्जको मोबाइलमध्ये भिभो पनि एक ब्राण्ड हो । भिभोका यो मूल्य रेञ्जमा भिवो सिरिजका भीवो भी २३ फाइभ जी र भिवो भी २५ फाइभ जी गरी २ मोडेल ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भएका फोन नेपाली बजारमा छन् । 

अन्य ब्राण्ड

Back to top